सर्पदंशबाट झापामा एकको मृत्यु

सर्पदंशबाट झापामा एकको मृत्यु


विषालु सर्पको डसाइबाट आज झापामा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बिर्तामोड नगरपालिका– ६ बुट्टाबारीनिवासी ४५ वर्षीय पीताम्बर ढकाल रहेका छन् । ढकाललाई आज बिहान गोठमा खोले पकाउने क्रममा गोमन सर्पले डसेको प्रहरीले जनाएको छ ।

सर्पले डसेलगत्तै उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।