३० हजार घुससहित भूमिसुधारका नासु पक्राउ

३० हजार घुससहित भूमिसुधारका नासु पक्राउ


भूमिसुधार कार्यालय विराटनगरका नायब सुब्बा दामोदर खतिवडालाई ३० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको छ ।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा कार्यरत प्रहरी निरीक्षक राजन कार्कीसहितको टोलीले आज विराटनगर कार्यालयबाटै पक्राउ गरेको हो ।

प्रहरी निरीक्षक कार्कीले ३० हजार रुपैयाँ घुससहित पक्राउ गरेको पुष्टि गरे । कार्कीले भने, ‘भूमिसुधार कार्यालय विराटनगरका नायब सुब्बा दामोदर खतिवडालाई रु. ३० हजार नगदसहित पक्राउ गरिएको हो ।’

विराटनगरका एक सेवाग्राहीसँग मोहियानी हक दिलाइदिने भन्दै खतिवडाले घुस मागेका थिए । ती सेवाग्राहीले अख्तियारलाई सम्पर्क गरेर यसबारे जानकारी दिएका थिए । घुस दिने व्यक्तिको पहिचान अख्तियारले गोप्य राखेको छ ।