विदेशी नम्बरबाट आएको अज्ञात फोन नउठाउन नेपाल टेलिकमको आग्रह

विदेशी नम्बरबाट आएको अज्ञात फोन नउठाउन नेपाल टेलिकमको आग्रह


हिजो शनिबारबाट विभिन्न व्यक्तिका मोबाइलमा विदेशी टेलिफोनबाट नम्बरबाट कल आएपछि नेपाल टेलिकमले त्यस्ता अज्ञात फोन नउठाउन आग्रह गरेको छ ।

आफ्ना मोबाइलमा यस्ता अपरिचित विदेशी नम्बरबाट फोन आएपछि यसबारे सामाजिक सञ्जाल फेसबुक तथा ट्विटरमा चासोसमेत व्यक्त भएपछि टेलिकमले आइतबार उक्त कल रिसिभ नगर्न आह्वान गरेको हो ।

नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यका अनुसार जुन देशमा टेलिफोन शुल्क महँगो हुन्छ ती देशमा पैसा कमाउनका लागि अन्धाधुन्ध नम्बर मिलाएर फोन गर्छन्, त्यस्तो नम्बरमा कलब्याक गर्दा कल ट्रयाक हुने र सो हुँदा पैसा उनीहरूको खातामा ट्रान्सफर हुन्छ ।

उनका अनुसार टेलिकमले त्यस्ता आगमन कल निषेध गरिसकेको छ भने अज्ञात विदेशी नम्बरमा कलब्याक नगर्न बारम्बार सचेत गराउँदै आएको छ ।