पेस्तोल र गोलीसहित तीन पक्राउ

पेस्तोल र गोलीसहित तीन पक्राउ


एक थान पेस्तोल, पाँच राउण्ड गोली र दुई थान म्याग्जिनसहित तीन व्यक्ति ललितपुरमा पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँ र ललितपुरको संयुक्त टोलीले ललितपुर महानगरपालिका–१४ नख्खीपोटबाट मेड इन जर्मनी लेखिएको पेस्तोल र गोलीसहित ताप्लेजुङका ३६ वर्षीय हेमराज पौडेल तथा रामेछापका ३६ वर्षीय अंशुराम मोक्तान र २४ वर्षीय कृष्णबहादुर जोगीलाई आइतबार पक्राउ गरेको हो ।

हतियार लिएर हिँड्दै गरेका अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता मोहनकुमार थापाले जानकारी दिएका हुन् ।

यस्तै, टुँडिखेलमा भारतीय कलाकार सलमान खानको कार्यक्रम गर्ने भनी विभिन्न दरका टिकट बिक्री गरेर सर्वसाधारण टिकट खरिदकर्ता र प्रायोजकहरुलाई झुक्याई निर्धारित समयमा कार्यक्रम नगरेर ठगी गर्ने सीमान्त गुरुङ र रविन केसीलाई पक्राउ गरी उनीहरुबाठ ठगिएकाको रकम फिर्ता गराउन प्रहरीले प्रयास गरिरहेको छ । ठगिएका सर्वसाधारण तथा अन्य प्रायोजकहरुलाई महानगरीय अपराध महाशाखामा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।