देशमा दुई पार्टी मात्र बाँकी रहने गच्छदारको दाबी

देशमा दुई पार्टी मात्र बाँकी रहने गच्छदारको दाबी


प्रतिपक्षमा रहेर पनि सरकारलाई रचनात्मक सहयोग गर्न नेपाली कांग्रेस तयार रहेको कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले बताएका छन् । गोविन्द केसी प्रकरण चर्किंदै पार्टीसम्बद्ध शक्तिहरु सडकमा उत्रिँदै गर्दा नेता गच्छदारको यस्तो धारणा सार्वजनिक भएको हो । लोकतान्त्रिक पद्धतिलाई सम्मान गर्दै कांग्रेसले सरकारलाई सघाउने उनको भनाई छ ।

बर्जु गाउँपालिका सुनसरीको बजेट नीति तथा कार्यक्रम सार्वजनिक गर्न आयोजित कार्यक्रममा नेता गच्छदारले कांग्रेस नेतृत्वको सरकारले तीनै तहको चुनाव सम्पन्न गरेर लोकतान्त्रिक अभ्यासको प्रत्याभूति दिलाएको दाबी गर्दै वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख रहेको आरोप पनि लगाए । संवैधानिक निकाय, प्रेस स्वतन्त्रता र न्यायपालिकामा समेत हस्तक्षेप गरेको उनको भनाई थियो ।

अब मुलुकमा दुईवटा पार्टी मात्रै बाँकी रहने पनि गच्छदारले बताए । आगामी समयमा राजनीतिक प्रतिष्पर्धा तीव्र हुँदै जाने क्रममा मुलुकमा नेकपा र नेपाली कांग्रेस मात्र रहने जिकीर उनको थियो । सुनसरीको विकास निर्माणमा आफ्नो सबैभन्दा ठूलो योगदान रहेको दाबी गर्न पनि उनी चुकेनन् ।