उपरथी शाहलाई दर्ज्यानी चिन्ह

उपरथी शाहलाई दर्ज्यानी चिन्ह


प्रधानसेनापति राजेन्द्र क्षत्रीले उपरथीमा पदोन्नति हुनुभएका सुवर्णबहादुर शाहलाई दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ । जंगी अड्डामा आइतबार आयोजित विशेष कार्यक्रममा प्रधानसेनापति क्षत्रीले उपरथी शाहलाई दज्र्यानी चिह्न प्रदान गर्नुभएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सहायक रथी शाह मन्त्रिपरिषद्को यही असार २४ गतेकोे निर्णयअनुसार उपरथीमा पदोन्नति हुनुभएको हो । उपरथी शाहलाई मध्य पृतना हेडक्वाटरको पृतनापतिको जिम्मेवारी दिइएको छ ।