भारतको राजदूतमा नीलकण्ठ उप्रेती सिफारिस

भारतको राजदूतमा नीलकण्ठ उप्रेती सिफारिस


पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलाई सरकारले भारतका लागि नेपाली राजदूत नियुक्त गर्ने तयारी गरेको छ । भारतका लागि राजदूत रहेका दीपकुमार उपाध्यायले राजीनामा दिएपछि नयाँ नियुक्त हुन नसक्दा सबैभन्दा नजिकको छिमेकी मुलुक भारतमा केही महिनादेखि नै राजदूत खाली छ । यसबाट दुई मित्रराष्ट्रबीच कुटनीतिकलगायत मामलामा बेला-बेलामा अप्ठ्यारो परिस्थिति आइपरेको परराष्ट्र मामलाका जानकारहरु बताउँछन् ।

यस्तै, आज बसेको मन्त्रिपरिषद बैठकले मलेसियाका लागि उदयराज पाण्डेलाई राजदूत सिफारिस गरेको छ भने देउवा सरकारले नियुक्त गरेका कतिपय राजदूतलाई फिर्ता बोलाउने तयारी सरकारले गरिरहेको चर्चा छ ।

सरकारले भारतका लागि राजदूत प्रस्ताव गर्न लागेका नीलकण्ठ उप्रेती पूर्व एमालेनिकट मानिन्छन् ।