चरित्र सुधार गर्न सरकारलाई कांग्रेसको चेतावनी

चरित्र सुधार गर्न सरकारलाई कांग्रेसको चेतावनी


नेविसंघको नेतृत्वमा आज राजधानीमा भएको प्रर्दशनमा गरिएको प्रहरी हस्तक्षेपको नेपाली कांग्रेसले भत्सर्ना गरेको छ । संविधानले प्रदत्त गरेको शान्तिपूर्ण भेला हुन र प्रर्दशन गर्न पाउने अधिकारमाथिको यो हस्तक्षेपले सरकारको अधिनायकवाद उन्मुख चरित्रलाई पुनः एकपटक उजागर गरेको भन्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रेस विज्ञप्ति जारी गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ- ‘एकातर्फ डा केसीको जीवन जोखिममा पर्दै गएको छ र मागको सुनुवाई नगरेर सरकार अर्कातर्फ संवेदनाशून्य देखिएको छ । तत्काल वार्ता गर्ने, माग पुरा गर्ने र डा केसीको जीवन रक्षा गर्ने सन्दर्भमा देशव्यापी रुपमा आन्दोलनको भावना बढिरहेको बेला त्यसलाई नजरअन्दाज गरेर सरकार भने रोम जल्दा निरोले बासुरी बजाएको मुद्रामा देखिएको छ । अतः तत्कालै यो चरित्रलाई सुधार गर्ने तर्फ सरकार गम्भीर बनोस्, नेपाली कांग्रेस सरकारलाई सचेत गराउन चाहन्छ ।’