मनकामना केबुलकारलाई ‘सर्टिफिकेट अफ एक्सीलेन्स’

मनकामना केबुलकारलाई ‘सर्टिफिकेट अफ एक्सीलेन्स’


मनकामना केबुलकारलाई उत्कृष्टताको प्रमाणपत्र (सर्टिफिकेट अफ एक्सीलेन्स) प्रदान गरिएको छ । सो केवुलकारले यसरी लगातार उत्कृष्टताको प्रमाणपत्र पाएको यो चौथो वर्ष हो । सेवाग्राहीको मूल्याङ्कन (रिभ्यू)को आधारमा उच्च प्रशंसा प्राप्त गर्न सफल भएकाले इच्छाकामना गाउँपालिका कुरिनटारस्थित मनकामना केबुलकारलाई सर्टिफिकेट अफ एक्सीलेन्स प्रदान गरिएको विश्वको ठूलो र विश्वसनीय ट्राभल साइट ट्रीप एड्भाइजरले जनाएको छ ।

यस्तै, मनकामना दर्शन प्रालिका कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठले ग्राहकको वास्तविक मूल्याङ्कनका आधारमा आफ्नो कम्पनीले यो प्रमाणपत्र पाएको उल्लेख गर्दै सन् २०१५ देखि निरन्तर उत्कृष्टताको प्रमाणपत्र पाइरहेको जानकारी दिए । बताइएअनुसार ट्रीप एड्भाइजरको वेबसाइटमा चीन, भारत, बंगलादेश, इंग्ल्याण्ड, संयुक्त अरब इमिरेट्सलगायत देशबाट नेपाल आई मनकामना केबुलकार चढेका यात्रुले मनकामना केबुलकारबारे मूल्याङ्कन गरेका हुन् । पाँच अङ्कको समग्र मूल्याङ्कनमा मनकामना केबुलकारले चार दशमलव पाँच अंक (रेटिङ) प्राप्त गरेको निर्देशक श्रेष्ठले बताए ।