सरकारप्रति रवि लामिछाने क्रुद्ध !

सरकारप्रति रवि लामिछाने क्रुद्ध !


सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले केपी ओली सरकार रहेसम्म जनताले दुःख पाइरहने टिप्पणी गरेका छन् ।

कास्की जिल्ला अदालत परिसरमा संचारकर्मीहरुसँग कुराकानी गर्दै लामिछानेले आफुलाई न्यायालयप्रति विश्वास रहेको तर केपी ओली सरकारप्रतिको विश्वास उठेको भन्दै आम जनतालाई सरकारविरुद्ध प्रदर्शनमा उत्रन आव्हान गरेका हुन् ।

उनले भने- ‘अदालतले मलाई न्याय दिन्छ, मलाई न्यायालयप्रति एकदमै विश्वास छ, तर केपी ओली सरकार रहिरहने हो भने जनताले धेरै दुःख पाउँछन् । यो सरकार रहँदासम्म झुटा मुद्दामा मान्छेलाई फसाउने काम गरिरहन्छ ।’

लामिछानेलाई प्रहरीले आज (४ कात्तिक) अदालतमा पेश गरेको छ भने रास्वपाका नेता कार्यकर्ताले प्रदर्शन गरिरहेका छन् ।