रुकुममा जिप दुर्घटना हुँदा पाँचको मृत्यु

रुकुममा जिप दुर्घटना हुँदा पाँचको मृत्यु


पूर्वी रुकुमको सिस्ने गाउँपालिकामा आज जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ ।

रुकुमस्थित रुकुमकोटबाट सिस्ने गाउँपालिका जाँदै गरेको लु.१ ज२५७३ नम्बरको जिप धारपानीमा दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको हो ।

नेपाली सेना, प्रहरी र स्थानीय उद्धारमा जुटेका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व)ले जनाएको छ ।

वर्षाले बाटो बिग्रिएका कारण दुर्घटना भएको अनुमान छ । दुर्घटना परी मृत्यु भएकाहरूको पहिचान हुन सकेको छैन ।