उपत्यकाभित्र ट्रिपर आतंक रोक्न साँगाचोकबाटै प्रवेशमा रोक

उपत्यकाभित्र ट्रिपर आतंक रोक्न साँगाचोकबाटै प्रवेशमा रोक


पछिल्लो समय उपत्यकाभित्र ट्रिपर आतंक बढेको छ । यही आतंकलाई रोक्नका लागि ट्राफिक प्रहरीले उपत्यका प्रवेश गर्ने ट्रिपरहरुलाई साँगा चोकमै रोक्ने भएको हो ।

ट्राफिक महाशाखाका एक अधिकारीका अनुसार सवारी दुर्घटना बढेपछि ट्रिपरलाई विहान ५ बजेदेखि राति ८ बजेसम्म रोक लगाइएको हो । भक्तपुर ट्राफिकले पनि ट्रिपरलाई रातको समयमा टाइमकार्ड लागू गरेको छ भने दिउँसोमा पनि उपत्यकाभित्र चलाउन रोक लगाएको छ ।