इ–क्यानमा देखियो नायिका साम्राज्ञीको क्रेज

इ–क्यानमा देखियो नायिका साम्राज्ञीको क्रेज


राजन घिमिरे

१२औं इ–क्यान एजुकेशन फेयर सकिएको छ । तर, यो मेला अवलोकन गर्न पुगेकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको चर्चा भने सेलाएको छैन ।

एजुकेशन एण्ड माइग्रेसन कर्नरको ब्राण्ड एम्बेसडर बनेपछि शिक्षा क्षेत्रसँग पनि जोडिएकी अहिलेकी हटकेक अभिनेत्री साम्राज्ञीको यतिबेला युवा दर्शकमाझ चर्को क्रेज छ । यसको ज्वलन्त उदाहरण इ–क्यानमा यी नायिका जाँदा उनको नजिक हुन झुम्मिएको भिडले पुष्टि गरेको छ ।

हुन त सो कार्यक्रममा नेपाली चलचित्रका अन्य नायिकाहरू पनि पुगेका थिए । तर उनीहरूको चर्चा र क्रेज त्यहाँ खासै देखिएन । एजुकेशन फेयरमा अन्य एजुकेशन कन्सल्टेन्सीहरू पनि सहभागी थिए, तर साम्राज्ञी पुगेपछि अन्य स्टलमा रहेका विद्यार्थीसमेत साम्राज्ञीतिरै तानिए ।

‘यति सुन्दर नायिकासँग भेट गर्ने अवसर दिलाइदिएकोमा एजुकेशन एण्ड माइग्रेसन कर्नर परिवारलाई धन्यवाद’– विद्यार्थीहरूको प्रतिक्रिया थियो ।

फेयरमा पुग्दा साम्राज्ञीलाई इ–क्यानका पदाधिकारीहरूले स्वागत गरेका थिए भने अध्ययनको क्रममा बाहिर जाने योजनाका साथ फेयरमा आएकाविद्यार्थीहरू माझ बसेर साम्राज्ञीले अन्तरक्रिया गरेकी थिइन । इ–क्यानका पदाधिकारीहरूले साम्राज्ञीको आगमनले फेयरमा आकर्षण बढेको बताए ।