महोत्तरीमा सर्पदंशबाट बालकको मृत्यु

महोत्तरीमा सर्पदंशबाट बालकको मृत्यु


महोत्तरी जिल्लाको बर्दिबासमा एक बालकको सर्पको डसाइबाट मृत्यु भएको छ । पश्चिम नेपालको कैलाली जिल्लाको अत्तरिया घर भई आफन्तको आश्रयमा बर्दिबास–१४ स्थित सिद्धार्थ आवासीय विद्यालयमा यूकेजीमा अध्ययनरत आठ वर्षीय बालक दशरथ ऐरको आज सर्पको डसाइबाट ज्यान गएको हो ।

विद्यालयको छात्रावासमा सुतेकै बेला सर्पले डसेको ऐरलाई आज बिहान मात्र सर्पदंश उपचार केन्द्र बर्दिबास पु¥याइएको थियो । केन्द्रमा पु¥याइँदा नै प्राविधिकले बालक जीवित नरहेको बताएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको हो ।

सोही विद्यालयमा कक्षा ९ मा अध्ययनरत अर्का १३ वर्षीय आशीष ढकाललाई पनि सर्पले डसेको थियो । आशीष भने सघन उपचारले ठीक भएका छन् । उनलाई भेन्टिलेटरसहितको सुविधा भएको ठाउँमा थप उपचारका लागि अभिभावकले जनकपुर अस्पताल पु¥याएका इलाका प्रहरी कार्यालय प्रहरी नायब उपरीक्षक नकुल पोखरेलले जानकारी दिए ।

करिब तीन साताअघि बर्दिबासमा एकै दिन सर्पको डसाइबाट चारजनाको मृत्यु भएको छ । वर्षा समय शुरु भएसँगै बर्दिबास क्षेत्रमा विषालु सर्पको बिगबिगी बढेको छ ।