महामारी नियन्त्रण गर्न तालिम

महामारी नियन्त्रण गर्न तालिम


रमेश बिक, गुल्मी

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गुल्मीले महामारी नियन्त्रणसम्बन्धी तालिम दिँदैछ । आपातकालीन स्वास्थ्य कार्यक्रमअन्तर्गत रोशन सिंह ठकुरीको संयोजकत्वमा शुरु गरिएको तालिम कार्यक्रम साउन १४ बाट शुरु गरी १९ गतेसम्म जारी रहने छ ।

महामारीको रुपमा फैलन सक्ने झाडा पखाला, इन्फ्लुएन्जा, औलो, स्वाइन फ्लूजस्ता घातक रोग नियन्त्रण तथा व्यवस्थापन गर्न सक्षम बनाउने उद्देश्यले सञ्चालन गर्न लागिएको हो । महामारी नियन्त्रण मात्र नभई बाढीपहिरो जस्ता प्राकृतिक प्रकोप नियन्त्रण एवम् व्यवस्थापन तथा सरसफाइका विभिन्न विषयसम्बन्धी प्रशिक्षणसमेत दिइने प्रमुख प्रशिक्षक टीकाराज पौडेलले बताए । तालिममा गुल्मी जिल्ला रेडक्रस सोसाइटीका शाखा प्रमुख कृष्ण खनालले पनि प्रशिक्षण दिने छन् ।

महामारी नियन्त्रण तालिम कार्यक्रम नेपाल रेडक्रस सोसाइटी पुर्कोट उपशाखाका सभापति ढालबहादुर राउतको सभापतित्व तथा मदने गापाका प्रमुख दानबहादुर केसीको प्रमुख आतिथ्यतामा ६ दिन सञ्चालन हुने आयोजकले जनाएका छन् ।

सो तालिम कार्यक्रम नेपाल रेडक्रस सोसाइटीका कर्मचारी तथा आजीवन सदस्य गरि जम्मा २४ जनालाई लक्षित गरिएको छ । कार्यक्रम बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने छ ।