मेक्सिकोमा १०१ जना सवार विमान दुर्घटनामा

मेक्सिकोमा १०१ जना सवार विमान दुर्घटनामा


मेक्सिकोमा विमान दुर्घटनामा परेको छ । १०१ जना सवार विमान उड्ने बित्तिकै दुर्घटनामा परेको हो । ९७ यात्री र चालक दलका चार सदस्य सवार विमान दुर्घटना भएको हो ।

विमान उडेको करिब पाँच मिनेटमै दुर्घटना भए पनि सबै यात्रु बाच्न सफल भएका छन् । ८५ जना घाइते भएकामा दुई जनाको अवस्था गम्भीर रहेको बीबीसीले जनाएको छ ।

दुर्घटनास्थलमा आगो लागेको दृष्य स्थानीय टेलिभिजन च्यानलले प्रशारण गरेका छन् । अधिकांश यात्री दुर्घटनाग्रस्त विमानबाट आफैं बाहिर निस्कन सफल भएका थिए ।

मेक्सिकोको दुरंगो ग्वादालुपे भिक्टोरिया अन्तराष्ट्रिय विमानस्थलबाट मेक्सिको सिटी जानका लागि उडान भरेको ए एम २४३१ विमान दुर्घटनामा परेको हो । विमान खराव मौसमका कारण दुर्घटनामा परेको बताइएको छ ।