पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–२ स्थित नारायणी नदीमा हामफालेका एक वृद्धको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
नदीमा हामफाले लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं ३१ गुल्म पूर्वी नवलपरासीबाट खटिएको टोलीले देवचुली नगरपालिका–११, धारापानी बस्ने ६२ वर्षीय झनकप्रसाद पौडेलको आज (४ असार) बिहान उहाँलाई मोटर बोटको सहयोगमा सकुशल उद्धार गरेको हो ।
उनलाई उपचारका लागि अस्पताल पठाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ लार्चास्थित भोटेकोशी नदीको बीच भागमा अड्किएका २३ वर्षीय सञ्जीव विकको आज सकुशल उद्धार गरिएको छ ।
नदीले बगाएको भन्ने खबर पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट तातोपानीबाट खटिएको टोलीले उनलाई नदीको बीचमा ढुङ्गामा अड्किएको अवस्थामा उद्धार गरेको हो ।
प्रतिक्रिया