सञ्चारकर्ममा श्यामको लोभलाग्दो यात्रा

सञ्चारकर्ममा श्यामको लोभलाग्दो यात्रा


जब एउटा सञ्चारकर्मीको स्वर, क्षमता र स्वरूपले साथ दिन्छ उसलाई रेडियो, टेलिभिजनमा छाउन कसैले रोक्न सक्दैन, त्यसमा मिहिनेत र लगाव थपिए पुग्छ । त्यही लगाव र मिहिनेतले सञ्चारकर्मी श्याम अर्याल यतिबेला धेरै मिडियामा छाएका छन् । अझ उनले पाएका पुरस्कारले उनको दक्षताको मापन पनि चुलिँदो छ ।

दुई दशकअघि रेडियो पत्रकारिताबाट पत्रकारितामा छिरेका श्याम डेढ दशकदेखि इमेज एफएम ९७.९ मा कार्यरत छन् । उनको विद्युतीय सञ्चारमाध्यम यात्रा विचित्रको छ । उनी इमेज च्यानल टेलिभिजनसँगै नेपाल टेलिभिजनमा पनि आबद्ध छन् ।

सिने पत्रकारितामा अब्बल श्याम इमेज एफएममा स्टार अन रेडियो, रिल एन्ड रियल, फ्राइडे रिलिज र मेचीदेखि महाकालीमा जमेका छन् । उनको हरेक मंगलबार इमेज च्यानलमा पेज थ्री र नेपाल टेलिभिजनमा हरेक शनिबार चित्रपट कार्यक्रम चलिरहेको छ ।

उनी चलचित्रको प्रमोशन पनि गर्छन् । एउटा सञ्चारकर्मीले कलाकारिता गर्दा अझ बढी त्यसको आन्द्राभुँडी थाहा पाउँछ । कलाकारिताका खानी श्याम नेपालका स्तरीय कमाइ गर्ने पत्रकारमा पर्छन् ।

स्वरका धनी श्यामको जादुमयी कार्यक्रम चलाउने शैलीले गर्दा उनलाई स्वदेशसँगै विदेशमा समेत कार्यक्रम चलाउन अफर आउने गर्छ । उनी व्यावसायिक पत्रकारिता गर्ने क्रममा बेलायत, जापान, मलेसिया, कतार, यूएई, अस्ट्रेलिया, थाइल्यान्ड, सिङ्गापुर र भारतसम्म पुगिसकेका छन् । कुनै देशमा त दोहो¥याएरसमेत गएका छन् । उनी भन्छन्, ‘कहिलेकाहीँ त कामको चापले त्यस्ता कार्यक्रम त्याग्नुपरेको अवस्था पनि छ ।’

नेपाल चलचित्र पत्रकार सङ्घका उपाध्यक्षसमेत रहेका श्यामले काममा दाम मात्र होइन उत्कृष्ट पुरस्कारसमेत पाइसकेका छन् । पछिल्लोपटक छायाछवि चलचित्र पत्रकारिता पुरस्कार पाएपछि उनले आफ्नो लठ्ठ पार्ने बोलीमार्फत भने, ‘म पुरस्कारका लागि भन्दा पनि राम्रो काम गर्नेतिर लाग्छु, काममा राम्रो गर्दा आफ्नो पनि राम्रो हुँदोरहेछ ।’
स्याङ्जाबाट पोखरा हुँदै काठमाडौं प्रवेश गरेका श्यामलाई यो काठमाडौंको खाल्डो फापेको छ । उनी भन्छन्, ‘मैले जे काम गरेको छु त्यसबाट पछाडि हट्ने अवस्था कहिल्यै आएन । पोखराको रेडियो अन्नपूर्णबाट माइकसँग दोस्ती गाँसेर रेडियो सञ्चारकर्मीको यात्रा थालेका श्यामले त्यतिबेलै नेपाल टेलिभिजन तथा नेपाल वान टेलिभिजनमा कार्यक्रम सञ्चालन गरेका थिए ।

काठमाडौं आएपछि इमेज टेलिभिजनमा कार्यक्रम निर्माता तथा प्रस्तोताका रूपमा देखिए । सोही बेला उनी तराई टेलिभिजनमा पनि आबद्ध भए । आफूलाई परिमार्जित गर्दै लगेका श्याम कान्छो पत्रकारिता अनलाइनसम्म पनि आबद्ध छन् । उनी नागरिक सन्देशडटकमका सम्पादकसमेत हुन् ।

रहरैरहरमा शुरु गरेको पत्रकारिताले उनलाई अहिले स्थापित व्यक्तित्व बनाइदिएको छ । उनी नेपालका हरेकजसो कलाकारसँग अन्तर्वार्ता लिन्छन् । आफूले बोलाएका जस्तोसुकै कलाकारले अन्तर्वार्ता नदिएको भन्ने अहिलेसम्म नभएको पनि उनी बताउँछन् । भन्छन्, ‘नेपाली सिने क्षेत्रलाई माथि पु¥याउन पत्रकारले भरमग्दुर प्रयास गर्नुपर्छ जुन मैले गरँेजस्तो लाग्छ ।’

त्यसैले त उनलाई कदर पनि भइरहेको छ । उनले बेलायतमा पुगेर बक्स अफिस फिल्मफेयर अवार्डमा ‘चलचित्र पत्रकारिता पुरस्कार’ पाए । उत्कृष्ट सञ्चारकर्मीको पुरस्कार पनि थापे उनले ।

आफूलाई दक्ष सञ्चारकर्मी भएको प्रमाण उनले स्वदेश तथा विदेशमा आयोजना गरिने विभिन्न प्रतियोगिता र अवार्डमा निभाउने निर्णायकको भूमिका पनि हो । उनले दर्जनौँ त्यस्ता कार्यक्रममा निर्णायकको भूमिका निभाइसकेका छन् ।

श्यामले थुप्रै चलचित्रमा अभिनय पनि गरे । त्यसलाई उनी जीवनमा पाएको बोनसका रूपमा लिन्छन् । प्रतिभा भएपछि जता पनि जान सकिन्छ । त्यही प्रतिभाले भरिपूर्ण भएका छन् श्याम । उनको अविरण यात्रा अझै उकासियोस् ।