– ज्यो. रत्ननिधि रेग्मी ‘शुक्राचार्य’
कवि श्रवण मुकारुङ काङ्ग्रेसमा प्रवेश गर्नेबित्तिकैदेखि बजारमा अनेक प्रकारका टीका–टिप्पणी आए । कतिले यसलाई स्वाभाविक माने भने कतिपयले अस्वाभाविक पनि । बहुलवादी सिद्धान्तमा विचार अदलबदल हुनु आश्चर्यको विषय होइन । तर, आपूmलाई मात्र कम्युनिस्ट भन्न रुचाउने केहीले पर्वतै खसेजस्तो गरी गाली वर्षाए । लोकतन्त्रमा हरेक नागरिकलाई मनपरेको दलमा लाग्न वा समर्थन गर्न अथवा मत दिन पूर्णरूपमा छुट छ । त्यसमा पनि कवि, लेखकजस्तो बौद्धिक वर्गका लागि नहुने कुरै भएन । कवि, लेखक स्वतन्त्रताप्रेमी हुने हुनाले उनीहरू अरूभन्दा बढी उदार र प्रजातान्त्रिक हुन्छन् । स्वतन्त्र कलमको पक्षमा वकालत गर्छन् । सम्भवतः श्रवण मुकारुङ पनि त्यही कोटिमा पर्छन् । आजसम्म कवि, लेखकलाई स्वतन्त्रतापूर्वक लेख्न र बोल्न छुट दिएको काङ्ग्रेसले मात्रै हो भनेमा केही फरक पर्दैन । पञ्चायतसमर्थकमा पनि अलिअलि देखासिकी छ तर त्यहाँ उनीहरूले राजालाई विष्णु भगवान् मान्नुपर्ने कारणले आमलेखकहरू दरबारवादी खेमालाई रुचाउँदैनन्, तैपनि दरबारियाहरू बाहिर केही प्रतिक्रिया दिँदैनन् । सबैभन्दा कवि, लेखकका निम्ति गएगुज्रेको ठाउँ भनेको कम्युनिस्टमा हो । प्रायशः कम्युनिस्टमा लागेकाहरू अबौद्धिक, आलाकाँचा र संसार नबुझेकाहरू नै बढी हुन्छन् । सिक्किमका पूर्वमुख्यमन्त्री नरबहादुर भण्डारीले भैं ‘श्याल बहुलाए फ्याउरो हुन्छ, मान्छे बहुलायो भने कम्युनिस्ट बन्छ’ भन्ने पक्षमा म छैन । बरु विश्वेश्वरप्रसाद कोइरालाले भनेभैंm ‘२५ वर्षसम्म पनि कम्युनिस्टमा नलागेको मान्छे जति काम लाग्दैन, २५ वर्षपछि पनि कम्युनिस्ट नै बनिरहन्छ भने त्यो झन् मान्छे हुन सक्तैन’ भन्ने भनाइसित म सहमत छु । यो भनाइ बढी व्यावहारिक देखिन्छ । किनकि २५ वर्षसम्म लक्का जवान बेला हुन्छ, जे भने पनि पत्याइहाल्ने अल्लारे बैंस हुन्छ । संसारबारे त्यति बुझेको पनि हुँदैन । स्कुल वा कलेजस्तरको पढाइ मात्र पढेको हुन्छ । जब २५ वर्ष नाघ्छ तब उसको विवाह हुन्छ, केही समयपछि बच्चा हुन्छन्, समाजका रीतिथिति बुझ्न थाल्छ, सके जागिर खाला, पत्रपत्रिका, खबर र मौका परे राजनीति गर्न थाल्ला । अनि उसमा केही परिपक्वता थपिँदै जान्छ । उसले स्वतन्त्रताको महत्ता चाल पाउँछ । अनि उसले कम्युनिस्टभित्र वास्तविक जीवन हुँदो रहेनछ भन्ने थाहा पाउँदै जान्छ । बुद्धिको परिपक्वता प्रजातन्त्र हो भने साह्रै पछौटे विचार कम्युनिस्ट हो भन्ने भेद यसले देखाउँछ । स्वयम् कार्लमाक्र्सले यसलाई समाजवादको रूपान्तरका लागि सर्वहारावर्गको सङ्घर्ष अथवा मजदुर वर्गको सत्ताको संज्ञा दिएका छन् । माक्र्सकै परिभाषाअनुसार पनि समाजलाई बदल्न मात्र पछौटे विचारको आवश्यकता परेको हो ।
हाम्रो देशमा धेरैवटा ‘कम्युनिस्ट’ (?) पार्टीहरू छन् । तिनमा केही यस्ता पुरेत–पण्डाहरू छन् जसले मान्छेलाई यन्त्रभन्दा माथि सोच्दैनन् । तीमध्ये एक खगेन्द्र सङ्ग्रौला पनि हुन् । जसरी पुरेतले यो–यो चाहिन्छ भन्छ, त्यसरी नै सङ्ग्रौलामा पनि हरेक मानिस हाम्रै दासानुदास बनिरहुन् भन्ने गएगुज्रेको विचार छ । उनले श्रवण मुकारुङले काङ्ग्रेस प्रवेश गरेकोलाई ‘नरकबास’ भनेर सडकछाप टिप्पणी गरेको छापामा पढ्न पाइयो । यो स्वर्ग र नरक भन्ने बुर्जुवा धारणा उनमा तीव्र रहेछ । वास्तवमा नर भनेका मानिस हुन् र क भनेको बस्ने ठाउँ हो । अर्थात् नरक भनेको मानिस बस्ने लोक वा नरलोक हो । पितृ बस्ने ठाउँ स्वर्ग हो । पितृ भनेका मृतात्मा हुन्, जसलाई खान, लाउन पर्दैन । खगेन्द्रजीकै भाषामा भन्ने हो भने उनी पितृलोकमा बस्छन्, अर्थात् उनी मृतात्मा हुन् र श्रवणचाहिँ जीवित आत्मा हुन् । नभए त सबै नरकवासी नै छन् भने श्रवणलाई मात्रै किन किटेर भन्नुपथ्र्यो ? कसैलाई गाली गर्नुहुँदैन भन्ने सामान्य लेखकले पनि जान्दछ । जब कोही गालीको भाषामा उत्रन्छ भने या त उसमा रत्ति ज्ञान छैन या त ऊ कसैको दास बनेको छ । खगेन्द्रजी यीमध्ये एउटा त पक्कै हुन् । होइन भने एकपल्ट उनैले लेखेका छन् ‘हामी बीपीजत्तिको पनि प्रगतिशील हुन सकेनौँ ।’ ०६२ पछि उनले लेखेको गिरिजाबाबुको प्रशस्ति पढेर गिरिजाबाबु नै लज्जित हुनुपरेको थियो । त्यसपछि उनले प्रचण्ड प्रशस्ति पनि लेखेकै हुन् र रामबहादुर बादललाई त विभूति नै बनाएर लेखेका थिए । यसबाट के बुझिन्छ भने खगेन्द्रजी दासकोटिका व्यक्ति हुन् । लेखक त स्वतन्त्र पो हुन्छ भन्ने पढेको थिएँ मैले । तर, त्यो मर्यादा सङ्ग्रौलाजीमा नपाउँदा मलाई दुःख लाग्नु स्वाभाविकै हो । त्यसमा पनि श्रवणजस्तो गरिबीमा बाँच्न विवश कविलाई हियाएर तल्लो श्रेणीमा टिप्पणी गरिदिँदा लेखकीय धर्म निर्वाह गर्न बाध्य भएको छु । हेक्का रहोस्, नेपाल प्रज्ञा–प्रतिष्ठानले श्रवण, म र रामेश्वर राउत मातृदासलाई हदैसम्मको दूराग्रह राख्ने गरेको छ । ०५३ मा एकेडेमीले श्रवणको प्रथम पुरस्कृत कवितालाई प्रकाशित भनेर पुरस्कार रद्द ग-यो, तर हिमालक्ष्मी थापाको प्रकाशित कवितालाई चाहिँ पुरस्कार दियो । यस्तो असमान नियमको विरुद्ध रामेश्वर मातृदास र मैले कालो झन्डा र विविध प्रकारका विरोध प्रदर्शन पनि ग-यौँ, तर सङ्ग्रौलाजीको कलमबाट एक पित्को मसी पनि झरेन । अरू न्यायप्रेमीहरू त झन् एकेडेमीकै सिँढीमा बसेर पापा खाँदै थिए । यसबाट प्रगतिशील भनिने ‘न्यायप्रेमी’हरूको न्याय कस्तो रहेछ भन्ने छर्लङ्ग हुन्छ ।
अलिकति सङ्ग्रौलाजीको हेय स्वभावको बारे यहाँ चर्चा गरौँ । पहिले उनी शिक्षक थिए, पढाउँथे, पछि कथा लेखे, राज्यलाई राम्रै गुन लगाए । त्यसका लागि उनलाई धन्यवाद दिनैपर्छ । पछिचाहिँ सबैलाई उछित्तो काढेर उनी काउछो भएर पो देखापरे । अहिले त उनी क्षुद्र लेखकका रूपमा बढी चर्चित छन् । कसैलाई कसैसित रिस उठ्यो भने भन्ने गर्छन् ‘लेखिदे न खगेन्द्र पारामा ।’ कतिले त उनलाई गाली शिरोमणिको पनि संज्ञा दिएकै हुन् । उनी विचारमा आपूmलाई अब्बल दर्जाको प्रगतिशील हुँ भन्छन् । तर, काङ्ग्रेसी अखबारमा लेखेर निर्वाह गर्छन् । अमेरिकाको विरोध गर्छन्, तर छोराचाहिँ अमेरिकामा राखेर डलर भित्र्याउँछन् । अमेरिका जान लिप्टी कसेर लागेकै पनि हुन्, तर भिसा नपाएपछि उनी कक्रिएर नेपाल बसेका छन् । उनको कलमको स्तर देखेरै विदेशीहरूले नपत्याएका हुन् । भोलि अमेरिका गएर सबैलाई गाली लेखे भने अप्ठ्यारो पर्छ भनेरै भिसा नदिइएको हो । वास्तवमा युरोप, अमेरिकाजस्ता सभ्य देशहरूमा सङ्ग्रौलाजीजस्ता मान्छे गए भने ती देशको शोभा पनि त बिग्रन्छ नि ! यसलाई उनले पर्वतै खसेको बनाएर लेखे । कुनै विचार नभएको, सत्तामा भएको मान्छेको चाकरी लेख्नेलाई ती देशहरूले रोक्नुपर्ने कारणै छैन । अब श्रवणलाई उनले यस्तरी लेखे कि मानौँ उनी प्रगतिशील मुखिया हुन् र श्रवणले उनको दासता स्वीकार्नुपर्छ । अरूलाई गाली गर्न पनि कतै न कतैको नाता हुनुपर्छ । कि त उसले पालेको हुनुपर्छ या त नातागोतामा पर्नुपर्छ । अब श्रवणले दलमा जानैहुन्न भन्ने त संविधानमै छैन, न त कम्युनिस्ट घोषणापत्रमा छ । यदि त्यसो हुन्थ्यो भने त खगेन्द्रजीको तर्क ठीक ठहथ्र्यो । अब उनको ससुराली खलक भनुँ भने उनले जमुना गुरुङसित विवाह गरेका हुन् । साढुदाइ वा साढुभाइको नाता पर्छ भनुँ भने श्रवणले मगरकन्यासित विवाह गरेका हुन् । मावली त झन् आकाशजमिनको अन्तर छ । यस्तो केही नभई उनले तल्लोस्तरको टिप्पणी गरेर अनधिकृत रूपमा व्यक्तित्वको अवमूल्यन गरेका छन् । लोकतन्त्रको भावना हो, सबैले सबैको आदर गर्ने, यस टिप्पणीले खगेन्द्रजी लोकतन्त्रवादी ठहर्दैनन् । अब मदन पुरस्कारको विरोध गर्ने खगेन्द्रले त्योभन्दा कडा नियम भएको, बिन्तीपत्रै लेख्नुपर्ने जीवा लामिछानेका पिताको नाउँमा रहेको पुरस्कारचाहिँ लिए । अब मदन पुरस्कारको विरोध गर्ने उनलाई के अधिकार ? के त्यो संस्था खगेन्द्रजीलाई पुरस्कार दिन खोलिएको हो र ? एउटा पुरस्कार लिँदा अर्कोलाई किन गाली ?
वास्तवमा कम्युनिस्ट विचारमा मानिसको स्वतन्त्र अस्तित्व पनि छैन भन्ने खगेन्द्रजीको टिप्पणीले दिन्छ भने कम्युनिस्टहरू अमानवीय हुन्छन् भन्ने डा. बाबुराम भट्टराईले बाढीपीडितलाई ज्ञानेन्द्रले राहत दिनलाग्दा लगाएको रोकले स्पष्ट पार्छ । कम्युनिस्टहरू साँच्चिकै कमाउनिस्ट हुन्छन् भन्ने खगेन्द्रजीदेखि प्रचण्डजीसम्मको वैभवले प्रमाणित गर्छ । त्यसमा पनि काङ्ग्रेसी अखबारमा लेखेर पेट पाल्ने मूलेहरूको फुर्ती हेर्दा मनमा दया उत्पन्न हुनु कुनै नौलो कुरा त होइन । अब ती प्रचण्डलाई गिरिजाबाबुले सुनपानी छर्केर चोख्याइदिएकै हुन् । माधवबाबु पनि गिरिजाबाबुकै दयामा प्रधानमन्त्री बनेका हुन् भने खगेन्द्रजीले पनि तिनै साम्राज्यवादी कुइरे पढाएर र तिनको सेवा गरेर नै घर बनाएका हुन् । जसले जति फुर्ती लगाए पनि काङ्ग्रेसको लिप्सा नलागी कामरेडहरू बाँच्न सत्तैmनन् भने श्रवण सोभैm काङ्ग्रेस भए । उनको भित्र पाप रहेनछ भन्ने यसले प्रमाणित गर्छ । तैपनि म लेखकको व्यक्तिगत जीवनमा जान चाहन्नँ, नत्र मसित धेरै भन्ने कुराहरू छन् । खगेन्द्रजीले काङ्ग्रेस श्रवणभन्दा कवि श्रवणलाई हियाएर टिप्पणी गरेकाले यस्तो लेख्नुपरेकोमा म क्षमा पनि चाहन्छु । अरूको मान नगर्नेले, अरूबाट मान खोज्नु मूर्खता हुन्छ भन्ने कुरालाई मनन गर्नसके खगेन्द्रजीलाई पनि राम्रै हुन्थ्यो । म खगेन्द्रजीको पनि दीर्घायुको कामना गर्छु । जय नेपाल !
प्रतिक्रिया