मुग्लिन–नारायणगढ सडक खण्डको घुमाउनेमा पहिरो, आवागमन अबरुद्ध

मुग्लिन–नारायणगढ सडक खण्डको घुमाउनेमा पहिरो, आवागमन अबरुद्ध


मुग्लिन–नारायणगढ सडक खण्डको भरतपुर महानगरपालिका– २९, घुमाउने र इच्छाकामना गाउँपालिका– ६ को जलवीरेमा पहिरो गएको छ ।

पहिरोले बिहीबार बिहानैदेखि सवारी आवागमन अबरुद्ध भएको चितवन प्रहरीले जानकारी दिएको छ । सडक खण्डको घुमाउने र जलवीरेमा बिहान ४ बजे खसेको पहिरोले सवारी आवागमन प्रभावित भएको हो ।

सडकमा ठूला ढुंगा सडकमा खसेकाले हटाउन समय लाग्ने प्रहरीले जनाएको छ भने सडक ठप्प भएपछि दुवैतर्फ सवारी साधनको लामो लाइन लागेको छ ।