कक्षा १२ को परीक्षाफल सार्वजनिक

कक्षा १२ को परीक्षाफल सार्वजनिक


राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले कक्षा १२ को नियमित तथा आंशिकतर्फका परीक्षार्थीको परीक्षाफल सार्वजनिक गरेको छ ।

परीक्षामा नियमिततर्फ दुई लाख ९९ हजार ६ सय ७५ परीक्षार्थी सहभागी भएकामा ३.६१ देखि ४ सम्म ल्याउने एक हजार १ सय ६९, ३.२१ देखि ३.६० ल्याउने ११ हजार २ सय २१, २.८१ देखि ३.२० ल्याउने २७ हजार ६ सय ४३, २.४१ देखि २.८० ल्याउने ५८ हजार ३ सय ४५, २.१ देखि २.४० ल्याउने ९० हजार २ सय ९९, १.६१ देखि २ ल्याउने ६६ हजार ४ सय ३८, १.२१ देखि १.६० ल्याउने २२ हजार ७ सय ३४, ०.८१ देखि १.२० ल्याउने चार हजार ४८७, ०.०० देखि ०.८० ल्याउने १ सय ९९ जना छन् ।

त्यस्तै, परीक्षामा कुनै एक विषयमा अनुपस्थित रहेका १७ हजार ४० विद्यार्थी छन् । त्यसैगरी आंशिकतर्फ एक लाख १७ हजार ४ सय १४ परीक्षार्थी सहभागी रहेकामा ४१ हजार ३२५ अर्थात् ३५.२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको बोर्डका उपाध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए ।