स्थानीय तहको करवृद्धिबारे सरकारको ध्यानाकर्षण

स्थानीय तहको करवृद्धिबारे सरकारको ध्यानाकर्षण


प्रतिनिधिसभामा स्थानीय तहले कर वृद्धि गरी जनतालाई सास्ती दिने काम गरेको तथा बर्दियामा सीमा स्तम्भ हराएको विषयमा सदनमार्फत सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् ।

आजको बैठकमा शून्य समयमा भाग लिने सांसदले वर्षायाममा बजेट सक्ने नाममा गुणस्तरहीन कालोपत्रे गरिएको, नमुनाका रूपमा जनताले हातैले कालोपत्र उप्काएर देखाएका, संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीशको नाममा सुनुवाइ भइरहेको बेला राजधानीमै सांसद निरु पालमाथि आक्रमणको प्रयास भएको घटनाबारे पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

राजधानीको हिलो र धुलोले अस्तव्यस्त सडक सुधार गर्न र फोहोर मैला व्यवस्थापन गर्ने कार्यक्रम ल्याउन पनि उनीहरूले सुझाव दिए । शून्य समयमा सांसदहरू रगमती शाही, भरतकुमार शाह, महेश बस्नेत, विमल नेपाली, राजन केसी, महेन्द्रकुमारी लिम्बू, मीना सुब्बा, यज्ञबहादुर बोगटी, रामवीर मानन्धर, यज्ञराज सुनुवार, यशोदाकुमारी सुवेदी र रामबहादुर विष्टले भाग लिए ।