घरजग्गा कारोबारबाट म्याग्दीमा दुई करोड २८ लाख राजस्व संकलन

घरजग्गा कारोबारबाट म्याग्दीमा दुई करोड २८ लाख राजस्व संकलन


म्याग्दीमा घरजग्गा कारोबारबाट आर्थिक वर्ष ०७४–७५ मा दुई करोड २८ लाख ३९ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

जिल्ला मालपोत कार्यालयका अधिकृत मुकुन्द पौडेलका अनुसार गत आवमा ग्रामीण क्षेत्रमा एक हजार १ सय ८४ र शहरी क्षेत्रमा एक हजार ७९ घरजग्गाको लिखत पास भएको थियो । आव ०७३–७४ मा एक हजार ९ सय ८ रजिस्टे«सन पास हुँदा एक करोड ६४ लाख ५९ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । आव ०७२–७३ मा दुई हजार २५२ रजिस्टे«सन पास हुँदा एक करोड ७७ लाख २५ हजार रुपैयाँ राजस्व उठेको थियो ।

राजनीतिक स्थिरता, संघीयताको कार्यान्वयन, मुआब्जा वितरणलगायत कारणले गत आवमा घरजग्गाको कारोबार बढेको पौडेलले बताए । गत आवमा एक करोड ८३ लाख ४२ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य राखिएको थियो । लक्ष्य गरेभन्दा ११७ प्रतिशत बढी राजस्व संकलन भएको अधिकृत पौडेलले बताए ।