न्युरो अस्पतालद्वारा आज ओपीडी सेवा निःशुल्क

न्युरो अस्पतालद्वारा आज ओपीडी सेवा निःशुल्क


काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालका संस्थापक स्व. उपेन्द्र देवकोटाको ४५औँ दिनको पुन्यतिथिका अवसरमा आज बिहीबार अस्पतालले ओपीडी सेवा निःशुल्क गरेको जनाएको छ ।

अस्पतालले अन्य सम्पूर्ण सेवामा पनि २५ प्रतिशत छुट दिने जनाएको छ ।

न्यूरो अस्पतालका संस्थापक डा. देवकोटाको उपचारका क्रममा सोही अस्पतालमा गत असार ४ गते निधन भएको थियो । डा. देवकोटा पित्तथैलीको क्यान्सरबाट पीडित थिए ।

डा. देवकोटा गत निर्वाचनका बेला एक्कासि बिरामी भएपछि लामो समय बेलायतमा उपचार गराएका थिए । त्यहाँ उपचार सम्भव नभएपछि उनी नेपाल फर्किएका थिए ।