प्रधानसेनापतिद्वारा ‘हल अफ फेम’ उद्घाटन

प्रधानसेनापतिद्वारा ‘हल अफ फेम’ उद्घाटन


प्रधानसेनापति राजेन्द्र क्षत्रीले लगनखेलस्थित सैनिक शारिरीक तालिम तथा खेलकुद केन्द्रको पहलमा नवनिर्मित ‘हल अफ फेम’ को उद्घाटन गरेका छन् ।

नेपाली सेनाले विगतदेखि वर्तमानसम्म विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा हासिल गरेका सफलताहरूलाई अभिलेखिकृत गर्ने उद्देश्यका साथ उक्त हल अफ फेमको निर्माण गरिएको नेपाली सेनाले जनाएको छ । उक्त हलमा विभिन्न राष्ट्रिय तथा सैनिक खेलकुद प्रतियोगिताहरूको साथै ओलम्पिक, एसियन, दक्षिण एसियाली खेलकुद प्रतियोगिताहरूमा सैनिक खेलाडीहरूले हासिल गरेका उपाधिहरूको अभिलेख, तस्विरहरू तथा सहभागितासम्बन्धी जानकारी समावेश गरिएको छ ।

हल अफ फेमको निर्माणले खेलाडीहरूले विगतमा पु¥याएको योगदानको सम्मानका साथै हाल विभिन्न खेलमा आबद्ध भएर योगदान पुर्याइरहेका र भविष्यमा खेलकुद क्षेत्रमा जोडिने समस्त खेलाडीलाई समेत प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ । उक्त उद्घाटन कार्यक्रममा पूर्व प्रधानसेनापति, ओलम्पिक कमिटीका अध्यक्ष, नेपाली सेनाका रथीवृन्द, अधिकृत, भेट्रान खेलाडीहरू, पदिक तथा अन्य दर्जाहरुको उपस्थिति रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।