दोलखामा ४.२ रेक्टरको परकम्प

दोलखामा ४.२ रेक्टरको परकम्प


दोलखाको नाम्दु आसपास केन्द्रबिन्दु भएर आज गोरखा भूकम्पको परकम्प गएको छ ।

दिउँसो २ बजेर ३२ मिनेट जाँदा ४.२ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो ।

यसअघि गत साउन ८ गते गजुरी आसपास केन्द्रबिन्दु भई ४.८ रेक्टर स्केलको परकम्प गएको थियो । गत असार २१ गते धादिङको झार्लाङ आसपास केन्द्रबिन्दु भएर ४.१ रिक्टर स्केलको परकम्प गएको थियो । गत असार १४ गते पनि धादिङकै सुनौलोबजार केन्द्रबिन्दु भई ५ रेक्टरको परकम्प गएको थियो ।

केन्द्रका प्रमुख अधिकारीका अनुसार ०७२ को गोरखा (७.६ रेक्टर स्केल) भूकम्पपछि हालसम्म ४ रेक्टर स्केलभन्दा माथिका ५ सय ६ वटा परकम्प भएका छन् ।