न्युजल्याण्डकी प्रधानमन्त्री जसिन्दा अर्डेरन ६ साता लामो सुत्केरी विदा पूरा गरेर काममा फर्किएकी छिन् । बिहीबार काममा फर्किंदै गर्दा ३८ वर्षीया प्रधानमन्त्री अर्डेरनले छोरीसँग बिताएको यस अवधिलाई आफ्नो जीवनमा सबैभन्दा छिटो बितेको ६ हप्ता भन्ने प्रतिक्रिया दिएकी छिन् ।
प्रधानमन्त्री भएकै बेला सुत्केरी हुने उनी विश्वकै दोस्रो व्यक्ति हुन् । यसअघि सन् १९९० मा पाकिस्तानकी तत्कालिन प्रधानमन्त्री बेनेजिर भुट्टोले पनि प्रधानमन्त्री भएकै बेला सन्तान जन्माएकी थिइन् ।
प्रधानमन्त्री अर्डेरनले विदाको समय आफ्नो सन्तान र परिवारजनसँग खुशीका साथ बिताएको जानकारी दिँदै त्यो एउटा विषेश अवसर भएको र त्यसलाई राम्रो रुपमा आफूले अनुभूत गरेको एललेख गरेकी छिन् । आफु प्रधानमन्त्रीको काममा व्यस्त भएका बेला आफ्ना श्रीमानले छोरीको हेरविचार गर्ने बताउँदै उनले संसारका थोरै महिलाले मात्रै पाएको आवसर आफूले पाएको भन्दै आफूलाई भाग्यमानी महिला भनेकी छिन् ।
प्रधानमन्त्री अर्डेरन न्युजल्याण्डको इतिहासमा कम उमेरमै प्रधानमन्त्री हुने व्यक्तिमध्येमा पर्छिन् ।
प्रतिक्रिया