भिसाको प्रलोभन दिँदै सिटौलाद्वारा ठगी

भिसाको प्रलोभन दिँदै सिटौलाद्वारा ठगी


विभिन्न चर्चित व्यक्ति र दूतावासको कर्मचारी हुँ भन्दै दर्जनौंलाई ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी विहिबार सार्वजनिक गरेको छ । नुवाकोट पञ्चकन्या गाउँपालिका–५ का हरिप्रसाद सिटौलाले कसैलाई आफू जापानी, अष्ट्रेलियाली, अमेरिकी र पाकिस्तानी दुतावासको कर्मचारी बताउने त कसैलाई चिकित्सक हुँ भन्ने, अनि कतिपयलाई आफू अर्थशास्त्री डा. पिताम्बर शर्मा भनेरसमेत ठगी गर्ने गरेका थिए ।

नेपाल प्रहरीको अपराध महाशाखाले जनाएअनुसार दुतावास तथा अस्पतालमा जागिर लगाइदिने भन्दै उनले पैसा लिर्इ धेरैलाई ठगी गरेको अनुसन्धानबाट खुलेको छ ।

पैसा लिने र भनेअनुसार काम नगरी झुलाउने गरेपछि थुप्रै पीडितले प्रहरीमा उजुरी गरेका थिए । सोही उजुरीका आधारमा उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको हो ।