ड्राइभिङ सिक्ने क्रममा ट्याक्सी नदीमा खस्दा आमाछोरा बेपत्ता

ड्राइभिङ सिक्ने क्रममा ट्याक्सी नदीमा खस्दा आमाछोरा बेपत्ता


म्याग्दीको बेनीमा ड्राइभिङ सिक्दै गरेको ट्याक्सी नदीमा खस्दा दुई बेपत्ता भएका छन् ।
बेनीस्थित जिल्ला प्रहरी कार्यालयको पछाडिको बहुद्देश्यीय खेलमैदानबाट आज (शुक्रबार) ध.१ज २५१ नम्बरको ट्याक्सी म्याग्दी नदीमा खस्दा जलजला गाउँपालिका बगरफाँटकी ३० वर्षीया शोभा अधिकारी खाती र उनका आठ वर्षीय छोरा सागर बेपत्ता भएका हुन् ।
छोरालाई सँगै राखेर ट्याक्सी सिक्ने क्रममा खेलमैदानको डिलबाट नदीमा खस्दा ट्याक्सीसहित उनीहरू बेपत्ता भएको प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले बताए । बेपत्ता ट्याक्सी र अधिकारी आमाछोराको खोजीमा प्रहरी तथा स्थानीय बासिन्दा परिचालन भए पनि अझै नभेटिएको बुढामगरले बताए ।