इन्डोनेसिया र चीनमा भूकम्प

इन्डोनेसिया र चीनमा भूकम्प


इन्डोनेसियाको पूर्वी भागमा पर्ने मालुकु प्रान्तमा शुक्रबार ६.१ म्याग्निच्युडको भूकम्प गएको छ । इन्डोनेसियाको मौसम विज्ञान विभागले भूकम्पबाट सुनामी आउने खतरा नरहेको स्पष्ट गरेको छ ।

भूकम्पबाट कुनै पनि किसिमको जीउधनको क्षति नभएको राष्ट्रिय विपद् व्यवस्था एजेन्सीले जनाएको छ ।

त्यसैगरी चीनको उत्तरपश्चिम किङहाई प्रान्तमा शुक्रबार ५.१ म्याग्निन्युडको भूकम्प गएको छ । यस भूकम्पपछि मानवीय र सम्पत्ति क्षतिको कुनै विवरण प्राप्त भएको छैन । स्थानीय समयानुसार शुक्रबार बिहान ९ः३४ मा सो भूकम्प गएको चीनको भूकम्प सञ्जाल केन्द्रले जानकारी दिएको छ ।

भूकम्प प्रभावित क्षेत्रको आसपासमा नै १० किलोमिटर गहिराइमा सो भूकम्पको केन्द्रबिन्दु रहेको जनाइएको छ । भूकम्पको केन्द्रबिन्दु रहेको २० किलोमिटर अर्धव्यासम्म आवासीय वासस्थानहरू पनि नरहेको बताइएको छ । यसैकारण मानवीय क्षति नभएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।