सिंहदरबारमा केहीबेर विद्युत्त आपूर्ति बन्द

सिंहदरबारमा केहीबेर विद्युत्त आपूर्ति बन्द


सिंहदरबार क्षेत्रमा आज केहीबेर विद्युत्त आपूर्ति बन्द भएको छ ।

सिंहदरबार परिसरमा रहेका एच.टी लाइनमा परेका रूखका हाँगाबिँगा काट्न तथा मन्त्रालयहरूमा जडान भएका ट्रान्सफरमरहरुको सफाइका लागि प्राधिकरणले विद्युत्त आपूर्ति बन्द गरेको हो ।

नेपाल विद्युत्त प्राधिकरण, रत्नपार्क वितरण केन्द्रका अनुसार बिहान ८ बजेदेखि १२ बजेसम्म यो क्षेत्रमा लोडसेडिङ गरिएको हो ।