सांसद श्रेष्ठद्वारा सामाजिक संस्थालाई मासिक तलब प्रदान

सांसद श्रेष्ठद्वारा सामाजिक संस्थालाई मासिक तलब प्रदान


तनहुँ क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद कृष्णकुमार श्रेष्ठ किसानले आफ्नो तलब बापतको रकम एक कार्यक्रमबीच तीन वटा समितिलाई प्रदान गरेका छन् ।

निर्वाचनको समयमा गरेको प्रतिबद्धताअनुसार सांसद श्रेष्ठले दुई मन्दिर र एक खानेपानी उपभोक्ता समितिलाई आफ्नो मासिक तलब हस्तान्तरण गरेका हुन् ।

निर्वाचनका क्रममा आफूले पाउने पारिश्रमिक जिल्लाकै विकास निर्माणका लागि खर्च गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

सांसद श्रेष्ठले ब्यास–१० स्थित सुधेरी गैह्रा खानेपानी उपभोक्ता समिति, ब्यास–१ अम्रेनीस्थित शिव मन्दिर र भानु नगरपालिका–६ स्थित कालिका मन्दिरलाई रु ५०÷५० हजारका दरले सहयोग प्रदान गरेका हसन् ।