वन कार्यालय मोरङद्वारा दश करोड ६३ लाख राजस्व संकलन

वन कार्यालय मोरङद्वारा दश करोड ६३ लाख राजस्व संकलन


जिल्ला वन कार्यालय मोरङले आर्थिक वर्ष ०७४-७५ मा रु. १० करोड ६३ लाख ३२ हजार राजस्व संकलन गरेको छ ।

गत आवमा कार्यालयले वन पैदावार (सरकारी र साझेदारी)बाट रु. नौ करोड ३४ लाख २२ हजार, दाउरा बिक्रीबाट रु. १६ लाख ५७ हजार, जडीबुटीबाट रु. एक लाख ९१ हजार, सामुदायिक वनबाट रु. ६४ लाख ६ हजार, न्यायिक दस्तुुरबाट रु. १० लाख ३३ हजार, बेरुजुु असुुलीबाट रु. २८ लाख २ सय २५ हजार र प्रशासनिक सेवाबाट रु. सात लाख ९५ हजार राजस्व संकलन गरेको जिल्ला वन अधिकृत डा. विनोद देवकोटाले जानकारी दिए ।

आव ०७३–७४ मा कार्यालयले रु. सात करोड ५० लाख राजस्व संकलन गरेको थियो । सामुुदायिक वनबाट तीन लाख ३४ हजार, साझेदारी वनबाट एक लाख ९३ हजार, सरकारी वनबाट ४४ हजार ९ सय ९० तथा निजी वनबाट दुई लाख ११ हजार क्युुफिट काठ उत्पादन भएकोे छ । वनबाट उत्पादित काठ उपभोक्तालाई यस वर्ष पनि वन पैदावार आपूर्ति समितिमार्फत वितरण गर्ने तयारी भइरहेको छ । वन पैदावार आपूर्ति समितिले ५५० उपभोक्तालाई गत वर्ष ३४ हजार क्युुफिट काठ वितरण गरेको थियो ।

सहज रुपमा उपभोक्तालाई घर बनाउनेदेखि विकास निर्माण तथा कृषि औजार निर्माणका लागि काठ उपलब्ध गराउँदै आएको डा. देवकोटाले बताए । कार्यालयले आगलागी पीडितलाई ४३४ क्युुफिट तथा विकास निर्माण र कृषि औजारका लागि ६ हजार ६४५ क्युुफिट काठ वितरण गरेको छ भने ८५ चट्टा दाउरासमेत उपभोक्तालाई वितरण गरेको छ ।