खै के दिनु शुभकामना नयाँ वर्षको

खै के दिनु शुभकामना नयाँ वर्षको


  • केशवप्रसाद मैनाली

नयाँ वर्ष आयो- क्यालेन्डर फेरियो
बहानावाजहरू हौसिए-
नयाँ वर्षको नाममा उत्सव मनाए
बोतल रित्याए †
कैयनले गीत ठानेर नयाँ वर्ष गाए
नृत्य मानेर कतिपय छम्छमाए †
समस्याको थाक बिर्सेर शुभकामना साटासाट गरे †

मैले पनि यही भीडमा नयाँ वर्ष खोजेँ- तर भेटिनँ नयाँ कतै
पुरानै छोड्न नसकी कहाँ आउँछ नयाँ वर्ष ?
दुःखको बोझ नबिसाइ सुखले कहाँ छाउँछ ?
हिजोको समस्याको ढाकर बिसाएको छैन
आज नयाँ पाइन्छ भनी के रमाउने ?
बूढा बाको अनुहारमा थपिएको
एउटा धर्कोलाई नयाँ मान्ने कि ?
बूढी आमाको फाटेको चोलोमा थपिएको-
टालोलाई नयाँ भन्ने ?
खै कहाँ आयो नयाँ वर्ष ?
मनभरि बेदना- कतै छैन हर्ष †
उही थोत्रो विचार-पुरातन सोच
नारा मात्र नयाँ लगाई कसरी आउँछ नयाँ वर्ष ?
हो- अपराधमा नयाँ विधि थपिएको छ
कतै त्यसैलाई उपलब्धि मान्ने कि †
होइन भने खै कहाँ आयो नयाँ वर्ष ?
नयाँ संविधान पनि आउन सकेन
पुरानै मनस्थितिमा नयाँपन छाएन
समस्या बढ्दो छ जनताको, समाधान आएन
नेपाली अनुहारले नयाँ मुस्कान पाएन
त्यसैले, मैले खोजेको नयाँ वर्ष आएन †

म विवश छु-
डुङडुङ गन्हाउने बासी समस्याको
लासमाथि बसेर शुभकामना दिन सक्दिनँ
मनभरि पीडा साँचेर कृत्रिम हाँसो ओठमा ल्याई
शुभकामना भन्न किमार्थ सक्दिनँ ।
खै कहाँ आयो नयाँ वर्ष ?
खै के दिनु शुभकामना नयाँ वर्षको ?

मैले के बिगारेँ ?-डा. बालकृष्ण थापा
यताका धेरैले नसुनेको,
नदेखेको पेसा सुरु गरेँ,
नयाँ नौलो सम्भावना खुल्ला गरेँ
चुनौतीको सामना गरेँ
मैले के बिगारेँ ?

मेरो नाममा आएका अग्रजले हेरेका जस्ता बिरामी हेरेँ
आवश्यकताबमोजिम अपरेसन गरेँ
छुटेका कतिपय रोगहरू पत्ता लगाई
सम्बन्धितहरूलाई पठाएँ
मैले के बिराएँ –

मेरो नाममा आएकालाई पनि अन्यत्र पठाएँ
खोजी गरेँ उनलाई सोधेँ
कहाँ पुगे कसले के गरे मैले रेकर्ड गरेँ,
देखाइन कसैलाई, अझै छ सुरक्षित सबै
मैले के बिगारेँ ?

ए वैज्ञानिक चमत्कारका प्रशंसकहरू हो
विज्ञान कसरी बन्छ, कसरी बन्यो त्रि्रो ज्ञान ?
तथ्याङ्क जम्मा गरेर मूर्ख बन्दै
ज्ञानीलाई ठाउँ राखिदिएँ
मैले के बिगारेँ –

कसैको मर्न लागेको बिरामी नहेरी म हिँडिनँ
कोही अर्को साथीलाई आजका दिनसम्म धोका दिइनँ
हर एक ठूला सानालाई आवश्यकतामा सहयोग गरेँ
माग्नेलाई बढी गरेँ होला, अरूलाई पनि गरेँ
मैले के बिगारेँ –

मैले कसैलाई कहिल्यै धम्क्याइनँ
कसैलाई कहिल्यै चड्काइनँ, पड्काइनँ, गाली गरिनँ,
दोष कसैलाई दिइनँ, सबैको अपजस मैले सहेँ
सहयोग गरेकाबाट धोका पाउँदा पनि मैले केही भनिनँ भने
मैले के बिगारेँ –
– चितवन