राष्ट्रिय सभामा शोक प्रस्ताव पारित

राष्ट्रिय सभामा शोक प्रस्ताव पारित


राष्ट्रिय सभाको आजको बैठकले प्रजातान्त्रिक एवं लोकतान्त्रिक आन्दोलनमा सक्रिय पूर्वसांसद कमलप्रसाद पंगेनीको निधनमा शोकप्रस्ताव पारित गरेको छ ।

बैठकले उनको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरेको थियो । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पंगेनीको निधनमा शोकप्रस्ताव प्रस्तुत गरेका थिए ।

पंगेनी २०७० सालको संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट स्याङ्जा क्षेत्र नं. २ बाट संविधानसभा सदस्य पदमा निर्वाचित भएका थिए । ऐतिहासिक जनआन्दोलन २०४६ र गणतान्त्रिक– प्रजातान्त्रिकलगायतका आन्दोलनमा भूमिका निर्वाह गरेका पंगेनी कांग्रेस स्याङ्जा जिल्ला कार्यसमितिका सभापति र समाजसेवीसमेत हुन् । पंगेनीको (हिजो) आइतबार बिहान स्याङ्जास्थित आफ्नै निवासमा ५६ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको थियो ।

राष्ट्रिय सभाको अर्को बैठक २३ गते ११ बजे बस्नेछ ।