मोटरसाइकल वर्कशपमा आगलागी हुुँदा १० लाखको क्षति

मोटरसाइकल वर्कशपमा आगलागी हुुँदा १० लाखको क्षति


विशालनगर खहरेस्थित एक मोटरसाइकल वर्कशपमा आगलागी हुँदा मर्मतका लागि ल्याइएका पाँच वटा मोटरसाइकल, ९० वटा मोटरसाइकल ट्याङकी र दुई ‘कम्प्रेसन’ मेसिन जलेर नस्ट भएका छन् ।

कामनपा–५ स्थित शम्भु शाहीले सञ्चालन गरेको ‘शङकर अटो वर्कशप’मा साँझ ५ः४५ बजे आगलागी हुँदा ती धनमाल जलेर नष्ट भएको महानगरीय प्रहरी बृत्त कमलपोखरीले जानकारी दिएको हो ।

उपत्यकाका तीन वटा दमकल र प्रहरीको टोलीले एक घण्टापछि आगो निभाएको थियो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनकुमार थापाले आगलागीमा मोटरसाइकलका पाटपुर्जा जलेर रु १० लाखबराबरको क्षति भएको जानकारी दिए ।

आगलागीमा वर्कशप नजिकै रहेको कवाडी पसलको आधा भागसमेत जलेको छ । सामान मर्मतको क्रममा कम्प्रेसन मेसिनबाट आगो सल्किएको प्रहरीले जनाएको छ ।