सर्पले डसेपछि झारफुक गर्दागर्दै किशोरीको मृत्यु

सर्पले डसेपछि झारफुक गर्दागर्दै किशोरीको मृत्यु


सुर्खेतको वीरेन्द्रनगरदेखि पश्चिम जामुकी एक किशोरीको सर्पले टोकेपछि झारफुक गर्दागर्दै मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका–१० जामुकी १४ वर्षीय हरिकला उपाध्यायलाई सर्पले डसेपछि झारफुक गर्दागर्दै आज बिहान मृत्यु भएको हो ।

जामुस्थित बाढीपीडितको शिविरमा पालमुनी बस्दै आएकी हरिकलालाई बिहान ५ बजेतिर सर्पले डसेपछि उपचार गर्नुको सट्टा झारफुकमै बढी ध्यान दिँदा ८ बजे मृत्यु भएको पञ्चपुरी नगरपालिका–१० का वडा सदस्य नैनसिंह विकले जानकारी दिए ।

बाढीपीडित विस्थापित शिविरमा बस्दै आएकी उनलाई बिहान शौचालय गएको बेला सर्पले डसेको थियो । उनी स्थानीय जनज्योति आधारभूत विद्यालय जामुमा कक्षा ८ मा अध्ययनरत थिइन् ।