एपीएफको गोताखोर टोली सोलुखुम्बुमा

एपीएफको गोताखोर टोली सोलुखुम्बुमा


सोलुखुम्बु जिल्लाको खुम्वु पासाङल्हामु गाउँपालिकास्थित खोलाको तालमा नुहाउने क्रममा डुबेर हराइरहेकाहरुको खोजी कार्यको लागि सशस्त्र प्रहरी बल नेपालको गोताखोरसहितको एपीएफ टोली मंगलबार हेकीकोप्टरद्वारा काठमाडौंबाट त्यसतर्फ गएको छ ।

सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी नायव निरीक्षक रामचन्द्र खड्काको कमाण्डमा दुई जना गोताखोरसहित विपद व्यवस्थापन तालिम प्राप्त कूल पाँच जनाको एपीएफ टोली मंगलबार ११ बजेर ५० मिनेटमा खोजी तथा उद्वार कार्यको लागि काठमाडौबाट त्यसतर्फ गएको हो ।

एपीएफ टोली दिउँसो सोलुखुम्बु जिल्लाको मटियारको थांगा भन्ने ठाउँमा अवतरण भएको छ । उक्त टोली त्यसठाउँबाट उद्वार कार्यको लागि आवश्यक सामानसहित सो घटनास्थलतर्फ गएको बताइएको छ ।

सोलुखुम्बु जिल्लाको खुम्वु पासाङल्हामु गाउँपालिका स्थित खुम्जुम माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरु यही साउन १८ गते खोलाको ताल नजिक शैक्षीक भ्रमण गएकोमा भोलीपल्ट १९ गते विहान तालमा नुहाउने क्रममा डुबेर हराएका हुन् । डुबेर वेपत्ता हुनेहरुमा पेम्वादोर्जे शेर्पा, पेम्वानोर्वु शेर्पा र सुमन वराइली छन् ।