पानीको बहाव बढेपछि बाँध निर्माण स्थगित

पानीको बहाव बढेपछि बाँध निर्माण स्थगित


रसुवामा निर्माणाधीन १११ मेगावाट रसुवागढी जलविद्युत् आयोजनाको बाँध बनाउने काम स्थगित भएको छ ।

आयोजना प्रमुख छवि गैरेका अनुसार वर्षाका कारण पानीको बहाव ह्वात्तै बढ्न गई भोटेकोसी नदीले बाँधस्थलबाट नयाँ धार लिएपछि बाँध निर्माण स्थगित गर्नुपरेको हो ।

पानीको बहाव प्रतिसेकेण्ड झन्डै पाँच हजार घनमिटर रहेको अनुमान छ । अहिले पानीको बहाव बढेपछि बाँधस्थलमा भएको क्षतिको तथ्यांक लिने काम भइरहेको बताइएको छ ।

भूमिगत संरचनाको काम भने निर्वाध रूपमा सञ्चालन भइरहेको छ । चार हजार २०३ मिटर हेडरेस सुरुङको निर्माण अन्तिम चरणमा पुगेको बताइएको छ ।

यही साउन ११ गते क्षति भएको टिमुरे घट्टेखोला राजमार्गको पक्की पुल मर्मत द्रुत रूपमा अगाडि बढिरहेको सडक डिभिजन नुवाकोटाका प्रमुख नीरज शाक्यले जानकारी दिए ।