विश्व आदिवासी जनजाति दिवस मनाइँदै

विश्व आदिवासी जनजाति दिवस मनाइँदै


आज विश्व आदिवासी जनजाति दिवस, नेपाललगायत विश्वभर विविध कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदै छ ।

आदिवासी जनजातिहरुकोको, अधिकार, पहिचान र उत्थानका लागि सकारात्मक सन्देश दिन यो यो दिवस मनाउने गरिन्छ ।

विश्वभर छरिएर रहेका आदिवासी जनजातिको योगदानको कदर गर्दै संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष अगष्ट ९ तारिखमा यो दिवस मनाइँदै आएको छ । संयुक्त राष्ट्र संघको आदिवासी जनजाति मामिला हेर्ने कार्यदलको पहिलो बैठक बसेको दिन (सन् १९८२ को अगस्ट ९) को दिनलाई नै आधार मानेर सन् १९९५ देखि यो दिवस रुपमा मनाउन थालिएको हो ।

पछिल्लो समय जलवायुमा भएको परिवर्तन तथा राजनीतिक कारण अनि राम्रो भविष्यको खोजीमा आदिवासी जनजातिहरु आफ्नो थातथलो छोडेर बसाईँ सर्ने क्रम बढेको विषयलाई नै यसपटकको दिवसमा मुख्य नारा बनाइएको छ ।

नेपालको संविधानले आदिवासी जनजाति तथा सीमान्तकृत वर्गको राजनीतिक तथा प्रतिनिधित्वसहितका अधिकार सुनिश्चित गरेको छ ।