सडक भासिएपछि पासाङल्हामु राजमार्ग अवरुद्ध

सडक भासिएपछि पासाङल्हामु राजमार्ग अवरुद्ध


पासाङल्हामु राजमार्गको त्रिशूली–बेत्रावती खण्डको विदुर नपा–१ सिम्बुटारको खोल्सीमा सडक भासिएकोले यातायात अवरुद्ध भएको छ ।

अविरल वर्षाका कारण आज बिहान सडक भासिँदा काठमाडौंबाट रसुवा र रसुवाबाट काठमाडौंतर्फ हिँडेका सवारीसाधन सडकमै रोकिएका छन् ।

सडक भासिएपछि साना सवारीसाधन मात्र सञ्चालन भएकामा अहिले सडक बनाउने काम भइरहेकाले सबैखाले सवारीसाधन रोकिएको प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए । बस रोकिएपछि वैकल्पिक सडक नभएका कारण यात्रु भत्किएको सडक पार गरी अर्को सवारीसाधन चढेर गन्तव्यतिर गइरहेका छन् । भत्किएको सडक बनाउने काम तीव्रताका साथ भइरहेकाले आज बेलुकासम्म सडक सञ्चालन हुन सक्ने प्रहरीले जनाएको छ ।