विवेकशील साझाद्वारा शोक प्रकट

विवेकशील साझाद्वारा शोक प्रकट


विवेकशील साझा पार्टीको केन्द्रीय समितिको बैठकले पार्टी संयोजक रवीन्द्र मिश्रका पिता मनुजबाबु मिश्रको असामयिक निधनमा शोक प्रकट गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ । पार्टीको आज (बिहीबार) बसेको केन्द्रीय समितिको बैठकले स्व. मनुजबाबुको सम्झनामा एक मिनेट मौनधारणा गरी शोकप्रस्ताव पारित गरेको छ ।

वरिष्ठ चित्रकार एवं लेखक मिश्रको बुधबार बौद्ध महांकालस्थित आफ्नै निवासमा ८२ वर्षको उमेरमा निधन भएको थियो । पार्टीद्वारा जारी विज्ञप्तिमा दृढनिश्चयी र स्वाभिमानी व्यक्तित्वका धनी मिश्रको निधनले नेपालको चित्रकारिता र लेखनको क्षेत्रमा अपूरणीय क्षति पुगेको जनाइएको छ ।

स्व. मिश्रका धर्मपत्नी रमला, दुई छोरी (निर्मला आचार्य र डा. मञ्जु मिश्र) र दुई छोरा (रवीन्द्र र रोशन) छन् ।