उपत्यकालाई सडक बालबालिकामुक्त क्षेत्र बनाइने : मन्त्री थापा

उपत्यकालाई सडक बालबालिकामुक्त क्षेत्र बनाइने : मन्त्री थापा


संघीय संसदअन्तर्गतका समितिले आफ्ना क्षेत्रअन्तर्गत मन्त्रालय र निकायका कार्ययोजनाबारे जानकारी लिन शुरु गरेका छन् ।

यसअन्तर्गत महिला तथा सामाजिक समितिले आज महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका चालू आवका कार्यक्रमबारे जानकारी लिएको छ । सो समितिको आजको बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले लैंगिक समानता नीति २०७५ को मस्यौदा तयार भइरहेको र बालबालिकासम्बन्धी ऐन २०४८ लाई प्रतिस्थापना गर्ने नयाँ ऐनको मस्यौदा तयार भएको जानकारी दिइन् ।

उनले वीरगञ्ज, रुपन्देही र चितवनमा आगामी भदौ १ गतेदेखि बालसुधार गृह स्थापना गर्न स्वीकृति दिएको, काठमाडौं उपत्यकालाई सडक बालबालिकामुक्त क्षेत्र बनाउने अभियान जारी रहेको र बालबालिकामाथि हुने हिंसा अन्त्य गर्न बालसंरक्षणका कार्यक्रम सञ्चालन भइरहेको बताइन् ।

मन्त्री थापाले भनिन्, ‘महिला तथा बालबालिकामाथि हुने हिंसा तथा दुव्र्यवहारमा कमी ल्याउन सामूहिक प्रयासको आवश्यकता पर्छ ।’ मन्त्रालयका कानुनी, संस्थागत तथा कार्यक्रमगत सुधार गर्ने कार्य जारी रहेको उनले समितिको बैठकमा जानकारी दिइन् ।