बेलौरी–खजुरिया नाकाको स्तरोन्नती गरिनेछ : मन्त्री मगर

बेलौरी–खजुरिया नाकाको स्तरोन्नती गरिनेछ : मन्त्री मगर


खानेपानीमन्त्री विना मगरले बेलौरी–खजुरिया नाकाको स्तरोन्नती गरी मुख्य नाकाका रुपमा विकसित गरिने बताएकी छन् ।

आदीवासी जनजाति महासंघ बेलौरीले आयोजना गरेको कार्यक्रममा उनले नाका खोल्नेबारे छलफलको कार्य अगाडि बढेकोे बताइन् । वाणिज्य मन्त्रालयको एक टोली भारतीय अधिकारीसँग छलफल गर्न भारत गएको जानकारी दिँदै उनले बेलौरी नाकालाई प्रदेशकै विकसित नाकाको रुपमा विस्तार गर्ने बताइन् ।

त्यस्तै पुर्नवास नगरपालिमा आयोजित कार्यक्रममा धारणा राख्दै उनले सबै जनतालाई खानेपानी उपलव्ध गराउनका लागि प्रत्येक स्थानीय तहमा खानेपानीका योजनालाई प्रभावकारी रुपमा अगाडि बढाउनका लागि योजना बनाइएको उनले बताइन् ।

बेलौरी, बेल्डाँडी, पुर्नवास र लालझाडी विकासको महत्वपूर्ण सम्भावना बोकेको क्षेत्र भएकाले खानेपानी मन्त्री मगले यस क्षेत्रका चारै स्थानीय तहको समान रुपमा विकास गर्नका लागि योजना अघि सारिएको बताइन् ।

नेपालको हरेक आन्दोलनमा आदिवासी जनजाति समुदायको उल्लेख्य भूमिका रहेको स्मरण गर्दैै मन्त्री मगरले आदिवासी समुदायको परिर्वतन र उपलब्धिमा भूमिका रहेको बताइन् । संविधानतह स्वच्छ खानेपानीलाई मौलिक हक अधिकारका रुपमा राखेको बताउँदै मन्त्री मगरले हरेक जनतालाई मौलिक हक दिलाउने बताइन् ।

यसैबीच, खानेपानी मन्त्री विना मगरले कञ्चनपुरको पुर्नवास नगरपालिका–८ मा रहेको जनजागरण सामुदायिक वनको उद्यान र स्वमिङ पुलको उद्घाटन समेत गरेकी छन् ।