सिड्नीमा नेपालीले खोले क्याफे

सिड्नीमा नेपालीले खोले क्याफे


प्रवासमा यतिबेला नेपालीहरू विभिन्न पेशा मार्फत आफ्नो ब्यवसायलाई अगाडि बढाइरहेका छन् । अरूको काम गरेर जीवनलाई अगाडि बढाउनुको सट्टा आफ्नै ब्यवसाय गर्दा भरपर्दो हुने र आम्दानी पनि हुने भएकाले उनीहरू ब्यवसाय तर्फ आकर्षित हुन थालेका हुन् । यसै क्रममा लामो समयदेखी

अस्ट्रेलियामा बस्दै आएका दम्पति अनिलजंग थापा र पुनम लामिछाने क्षेत्रीले सिड्नीको गिल्डफोर्ड मा ‘द गिल्डफोर्ड एस्प्रेस्सो’ नामक क्याफे संचालन मा ल्याएका छन् । लामो समयदेखि यही क्षेत्रमा काम गरि अनुभव लिसकेका अनिलले आफ्नै लगानीमा क्याफे संचालन गरेका हुन् । गिल्डफोर्ड मा पछिल्लो समय नेपालीहरुको बसोबास बाक्लिएको कारणले पनि यो ठाउँमा आफूले क्याफे सन्चालन गरेको दम्पतिले बताए । ‘छिट्टै नेपाली परिकारहरू समाबेस क्याफेलाई नयां रूपमा लैजाने तयारीमा हामी लागेका छौँ’, उनिहरूले भने । क्याफे गिल्डफोर्ड ट्रेन स्टेशन को आगाडी भएको कारणले यो स्थानमा मानिसहरूको जमघट पनि धेरै हुने हुँदा क्याफे चल्ने कुरामा सञ्चालकहरु ढुक्क देखिन्छन् ।

अस्ट्रेलियामा विभिन्न क्षेत्रमा अरूको काम गरेर त्यसबाट कमाएको कामको अनुभव लिएर नेपालीहरुले आफैले लगानी गरि बिभिन्न ब्यवसाय संचालन गर्ने क्रम बढ्दो छ । नेपालीहरूले सञ्चालन गर्ने यस्तो ब्यवसायमा विशेष गरेर नेपालीहरूले नै रोजगारी पाउने हुनाले प्रवासका यस्ता ब्यबसायलाई सबैले स्वागत गर्नु पर्ने देखिन्छ ।

राजन घिमिरे