अफगानिस्तानको घाज्नी प्रान्तको प्रान्तीय राजधानी घाज्नीलाई कब्जा गर्ने उद्देश्यले शुक्रबार राति आक्रमणको योजना बनाउन भेला भएका तालिवान आतंककारी समूहले बिहीबार राति कम्तीका १४ सुरक्षाकर्मीको हत्या गरेको छ ।
आक्रमणमा परी कम्तीमा २० सुरक्षाकर्मी घाइते भएका घाज्नी अस्पतालका प्रशासक बाज मोहम्मद हेमटले बताए ।
प्रहरी प्रमुख फरिद अहमद मसालका अनुसार दोहोरो भिडन्तका कारण कतिपय पसलहरूमा आगजनी भएको भएको छ ।
तालिवान आतंककारी समूहले बिहीबार अबेर रातिबाट घाज्नी सहरका विभिन्न इलाकामा रहेका सैनिक जाँच चौकीलगायत शहरमा आक्रमण गरेका प्रहरी प्रमुख फारिद अहमद मसालले बताए ।
बिहीबार राति नै अफगानिस्तानको पश्चिम भागमा पर्ने हेरात प्रान्तको ओबे जिल्लामा तालिवानले गरेको अर्को आक्रमणमा परी ६ प्रहरी अधिकारी मारिएका सो प्रान्तका गभर्नरका प्रवक्ता गेलानी फर्हादले जानकारी दिए ।
प्रतिक्रिया