छलफलका लागि प्रधानमन्त्री ओलीले बोलाए डा.केसीलाई

छलफलका लागि प्रधानमन्त्री ओलीले बोलाए डा.केसीलाई


प्रधानमन्त्री केपी शर्मा ओलीले डा. गोविन्द केसीलाई छलफलका लागि बालुवाटार बोलाएको बुझिएको छ ।

प्रधानमन्त्री ओलीले डा. केसीलाई सरकारसँग भएका सहमति कार्यान्वायन र स्वास्थ्य क्षेत्रका विषयमा छलफलका लागि बोलाएका हुन् । अहिले बिहान ११ बजे प्रम निवास बालुवाटारमा हुने छलफलमा चिकित्सा शिक्षा विधेयक कार्यान्वयन गर्ने लगायतका विषयमा छलफल हुने बुझिएको छ ।

सरकारले डा. केसीसँग १० साउनमा ९ बुँदे सहमति गरेको थियो । सोही सहमति अनुरुप चिकित्सा शिक्षा विधेयकमा संशोधन प्रस्ताव दर्ता समेत भइसकेको छ ।

यता, डा. केसीले सरकारसँगको सहमति कार्यन्वयन हुनेमा शंका ब्यक्त गर्दै आएका छन् ।