प्रसिद्ध साहित्यकार भीएस नयपाल रहेनन्

प्रसिद्ध साहित्यकार भीएस नयपाल रहेनन्


साहित्यमा नोबेल पुरस्कार विजेता बेलायती लेखक भी.एस. नयपालको ८५ वर्षको उमेरमा निधन भएको छ । उत्तर–औपनिवेशकालीन परिवर्तनका पीडाबारे प्रखर वक्ताका रूपमा उनले आफ्नो परिचय बनाएका थिए ।

भारतीय कर्मचारीका छोरा नयपालको जन्म बेलायती उपनिवेश रहेको ट्रिनिडाडमा भएको थियो । उनका विश्वचर्चित पुस्तकहरूमा ‘ए हाउस फर मिस्टर विश्वास’ र बुकर पुरस्कार विजयी ‘इन अ फ्री स्टेन्ट’ रहेका छन् ।

‘उनको मृत्यु पारिवारिक सदस्यहरूका माझमा भयो,’ नयपालकी पत्नी नदिरा नयपालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नयपाल ट्रिनिडाडबाट बेलायत बसेपछि त्यहीँको अक्सफोर्ड विश्वविद्यालयमा अंग्रेजी साहित्य अध्ययन गरेका थिए ।

नयपालले आफ्नो अधिकांश समय घुमफिरमा बिताएका थिए र बेलायती सांस्कृतिक धरोहरको एकजना खम्बाका रूपमा रहे पनि उनले साहित्यमा पुर्खाविहीन धारको प्रतीकका रूपमा आफूलाई स्थापित गरेका थिए ।

सन् २००१ मा साहित्यतर्फको नोबेल पुरस्कार विजेता उनले ३० वटाभन्दा बढी पुस्तक लेखेका छन् ।