मिर्गौला र छातिको समस्याबाट पीडित भारतीय पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ ।
९३ वर्षीय वाजपेयीको बुधबार अचानक स्वास्थ्य झन् बिग्रिएकाले लाइफ सपोर्टमा राखिएको चिकित्सकहरुलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
भारतीय जनता पार्टीको संस्थापकसमेत रहेका वाजपेयीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, मन्त्रीहरु, भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह लगायतले अस्पताल पुगेर भेटेको सञ्चार माध्यमहरुले जनाएका छन् ।
वाजपेयी तीन पटकसम्म भारतको प्रधानमन्त्री बनेका छन् । उनी १६ मे १९९६ मा पहिलो पटक प्रधानमन्त्री बनेका थिए ।
प्रतिक्रिया