मुलुकी संहिता कार्यान्वयनमा ल्याउन नेपाल बारको आग्रह

मुलुकी संहिता कार्यान्वयनमा ल्याउन नेपाल बारको आग्रह


नेपाल बार एसोसिएशनले शुक्रबार (भदौ १) देखि लागू भएको संहिताले गरेका व्यवस्थाहरुलाई पूर्ण रुपमा कार्यान्वयन गर्न सम्पूर्ण बारका एकाइहरुलाई अनुरोध गरेको छ ।

बारका महासचिव खम्मबहादुर खातीले जारी गरेको प्रेस विज्ञप्तिमा संहिताको पूर्ण रुपमा कार्यान्वयनमा ल्याउनका लागि बारका ८९ वटै एकाइहरुलाई अनुरोध गरिएको छ ।

बारले संहिता कार्यान्वयनमा ल्याउन आवश्यक पर्ने कानून, नियमावली र निर्देशिकाकाहरुको जतिसक्दो छिटो आ–आफ्नो क्षेत्रबाट सहयोग पु¥याउन सम्बन्धित सबै निकायमा आग्रह गरेको छ ।

विस १९१० सालमा निर्माण भएको मुलुकी ऐन १६५ वर्षसम्म विभिन्न समयमा संशोधन भएर काम गरेको थियो । त्यो ऐन खारेज भएर आजबाट संहिताको रुपमा आएको छ । मुलुकी देवानी, मुलुकी अपराध संहितासहित पाँचवटा संहिताहरु शुक्रबारदेखि लागू भएको हो ।